धनगढी । सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा विमानस्थल छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार डडेल्धुराबाहेक अन्य आठ जिल्लामा विमानस्थल रहेका छन् । कैलाली र अछाम जिल्लामा दुई÷दुई वटा विमानस्थल रहेका छन् भने अन्य ६ जिल्लामा एउटा गरी प्रदेशभर १० विमानस्थल छन् ।
दार्चुला, अछामको कमलबजार र कञ्चनपुरको मझगाउँ विमानस्थल बन्द रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आफ्नो रिपोर्टमा टीकापुर विमानस्थललाई पनि बन्दको सूचीँमा राखेको छ । तर, केही अहिले टीकापुर विमानस्थलमा नियमित उडान भइरहेको छ ।
यस्तै, धनगढी विमानस्थल, बझाङस्थित विमानस्थल, अछामको साँफेबगर विमानस्थल, बाजुराको कोल्टी विमानस्थल, डोटीको दीपायल विमानस्थल र बैतडीको पाटन विमानस्थल सञ्चालनमा रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धनगढी विमानस्थललाई प्राधिकरणले हब विमानस्थलका रूपमा राखृेको छ ।
कुन विमानस्थलको आम्दानी कति ?
सुदूरपश्चिममा सात वटा विमानस्थल सञ्चालनमा भए पनि आम्दानी भने निकै कम छ । आर्थिक वर्ष २०८०÷८१ मा धनगढी विमानस्थलको आम्दानी छ करोड ५६ लाख १३ हजार रहेको छ ।
यस्तै बाजुरको कोल्टी विमानस्थलको २३ लाख ४९ हजार, बझाङस्थित विमानस्थलको दुई लाख २२ हजार, साँफेबगर विमानस्थलको दुई लाख ४२ हजार र डोटीको दीपायल विमानस्थलको नौं हजार चार सय ७५ रुपैयाँ आम्दानी छ । पाटन विमानस्थलको आम्दानी भने नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो रिपोर्टमा उल्लेख गरेको छैन ।
यस्तै प्राधिकरणका अनुसार सुदूरपश्चिमका धनगढीबाहेक अन्य विमानस्थलमा यात्रुको पनि अभाव छ । सन २०२४ को नौं महिनामा धनगढी विमानस्थल भएर दुई लाख ६२ हजार २७६ यात्रुले आवागमन गरेका छन् । सो अवधिमा बाजुराको विमानस्थलमा आठ हजार २१८, साँफेबगर विमानस्थलमा ६९५ र बझाङको विमानस्थलमा ४५१ यात्रुले आवागमन गरेका छन् ।
प्रतिक्रिया