धनगढी । कैलालीका पत्रकारहरुको बिमा गरिने भएको छ । नवनिर्वाचित पत्रकार महासघं कैलालीको नयाँ समितिको पहिलो बैठकले कैलालीका पत्रकारको बिमा गर्ने निर्णय गरेको हो ।
मिडिया हाउसबाट सिफारिश भएका सक्रिय पत्रकारहरुको दुर्घटना तथा स्वास्थ्य बिमा गरिने अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
पहिलो बैठकले महासघंको कार्यालयमा सूचना केन्द्र स्थापना गर्ने पनि निर्णय गरेको सचिव तेजराज भट्टले जानकारी दिए । उनका अनुसार महासघंको पहिलो बैठकलेनै कैलाली जिल्लामा रहेका पत्रकार र सञ्चार माध्यमको अभिलेखिकरण गर्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया