धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडाले २६० जनालाई ब्लाङ्केट वितरण गरेको छ । अत्यधिक चिसो बढेका बेला वडाभित्रका ज्येष्ठ नागरिक, एकल पुरुष तथा महिला, द्वन्द्व पीडित, अपाङ्गता भएका र दलित समुदायका व्यक्तिहरूलाई ब्लाङ्केट वितरण गरिएको हो ।
जसअन्तर्गगत १५४ जना ज्येष्ठ नागरिक, ५९ जना एकल पुरुष तथा महिला, ६ जना पूर्ण अपाङ्गता भएका व्यक्ति, ३२ जना अति असक्त, ८ जना द्वन्द्वपीडित र एक जना दलित गरी कुल २६० जनालाई ब्लाङ्केट वितरण गरिएको बताइएको छ ।
वडाध्यक्ष प्रकाश श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेट अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको बताए । चिसो मौसममा राहत पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
प्रतिक्रिया