ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जोशी

आइतबार २१, पुष २०८१ ०८:०२

धनगढी । सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिर्घराज जोशी निर्वाचित भएका छन् । सहकारीको आज धनगढीमा भएको चौथो साधारण सभाले जोशीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा हरि भट्ट, सचिवमा हरिसिंह धामी र कोषाध्यक्षमा लवराज रेग्मी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा प्रदीप जोशी, श्याम जोशी र पर्वत भण्डारी निर्वाचित भएका छन् । 

सहकारी संस्थाको लेखा समिति संयोजकमा जन्मराज तिमिल्सेना तथा सदस्यमा नारायण राना र गोमती भट्ट जोशी निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिले सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतमा टीकाराम जोशीलाई नियुक्त गरेको छ । 

यसअघि संस्थाको साधारण सभा उद्घाटन गरिएको थियो । संस्थाका अध्यक्ष टीकाराम जोशीको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयका प्रशिक्षक देवराज पन्त रहेका थिए ।

विशिष्ठ अतिथिमा राष्ट्रिय सहकारी बैंकका सुदुरपश्चिम ईन्चार्ज तथा धनगढी शाखा प्रबन्धक दिनेश गेलाल र पुर्व विद्यालय निरीक्षक धनकृष्ण रेग्मी रहेका थिए । उद्घाटन समारोहमा लोकप्रिय देउडा गायक लालवहादुर थापाले विभिन्न सांगितिक कोसेलीहरु प्रस्तुत गरेका थिए भने रुद्राक्ष डाईग्लोस्टिकले निशुःक सुगर र प्रेसर चेकजाँच तथा सुदृष्टि आँखा केन्द्रले निशुल्क आँखा चेकजाँच गरेको थियो ।  

उद्घाटन समारोहमा तीन जनालाई सम्मानित पनि गरिएको थियो । उत्कृष्ट कारोबारतर्फ सिला पराजुली, जेष्ठ नागरिक र निरन्तर संस्थासँग जोडिए वापत हेमराज श्रेष्ठ तथा उत्कृष्ट कर्जा कारोबार तर्फ सविना बुढाऐरलाई सम्मानित गरिएको हो । 

प्रतिक्रिया