ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली-कञ्चनपुरमा भन्सार छलीको सामान बरामद

बुधबार २४, पुष २०८१ ११:०६

धनगढी । कैलाली-कञ्चनपुरमा भन्सार छलीको सामान बरामद गरिएको छ । दुवै जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीको सामान बरामद गरिएको हो । 

धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह र टीकापुर नगरपालिका-९ कालिमाटीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख ६६ हजार १ सय मूल्य बराबरको चिनी, बिडी, सुर्ती, खाने तेल, साडी, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै, भीमदत्त नगरपालिका-१० भन्सार कार्यालय नजिकबाट भारतबाट भन्सार छली ल्याएको अन्दाजी ९६ हजार २६० मूल्यको कपडा, हार्डवेयर, किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सीमा सुरक्षा गुल्म गड्डाचौकी, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय गड्डाचौकी पठाएको बताएको छ ।

प्रतिक्रिया