धनगढी । बाजुरामा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका-७ लामागडा बस्ने ५५ वर्षका रंगलाल पाध्या बिही्रबार पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत बाजुराको २०८ मंसिर १३ गतेको फैसलाले जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दामा ५० हजार रुपैयाँ जरिबाना तोकेको थियो । पाध्यालाई प्रहरी चौकी बार्जुगार्ड, बाजुराबाट खटिएको टोलीले बुढीगंगा नगरपालिका-६ बाम्का बजारबाट पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया