धनगढी । कैलाली-कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ । दुवै जिल्लाका विभिन्न स्थानबाट तीन लाख बढीको अवैध सामान बरामद गरेको हो ।
बिहीबार धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर नजिक, कालिका मन्दिर नजिक, धनगढी-१० गणपती इटाभट्टा नजिक, धनगढी-१९ लल्लीपुर र गोदावरी नगरपालिका-४ वनदेवीमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ६२ हजार मूल्यको चिनी, बदाम, बिडी, बच्चाको कपडा, हाईनेक, स्विटर, रेलिङ पिल्लर, जेसिबीका पार्ट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ मझगाउँ र लालझाडी गाउँपालिका-२ कुन्जमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६२ हजार ३२० मूल्यको चिनी, सुर्ती, साबुन, हार्डवेयर, किराना लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया