धनगढी । चालु आर्थिक वर्षमा सात प्रदेशमध्ये सबैभन्दा बढी महँगी सुदूरपश्चिममा देखिएको छ ।
प्रदेशगत हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा ६.५६ प्रतिशत मूल्यवृद्धि देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले कोशी प्रदेशमा ६.२६ प्रतिशत, मधेश ५.०८, बागमती ४.२४, गण्डकी ३.९८, लुम्बिनी ४.४२ र कर्णाली ३.२५ प्रतिशत देखाएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा महँगी ४.५० प्रतिशत छ । पहाडमा ४.३२, तराई ५.२३ र हिमालमा ५.०८ प्रतिशत मूल्यवृद्धि भएको छ ।
प्रतिक्रिया