ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु

शनिबार २७, पुष २०८१ ११:५०

एजेन्सी । भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्यान गएको छ । पञ्जाब प्रहरीका अनुसार यो घटना गएराति १२ बजेतिर भएको हो ।

गोली लागेपछि गोगीलाई लुधियानाको डीएमसी अस्पताल पुर्‍याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको पञ्जाब प्रहरीलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ ।

घटनाको प्रारम्भिक विवरण र परिवारका अनुसार गएराति गोगीले गल्तीवश आफूले आफैलाई गोली चलाएको पाइएको छ । उनको टाउकोमा गोली लागेको थियो । गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए ।

प्रतिक्रिया