धनगढी । बाजुरा र बझाङमा पनि पेट्रोल पम्प खोल्ने योजना बनेको छ । आयल निगमले बझाङ र बाजुरासहित कालीकोट, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपूर्व, मनाङ र मुस्ताङ जिल्लामा कम्तीमा एउटा पम्प खोल्ने योजना बनाएको हो ।
सबै जिल्लामा पेट्रोल पम्प पुर्याउने उद्देश्यले नेपाल आयल निगमले दुर्गमका १० जिल्लामा पनि पम्प सञ्चालन गर्ने तयारी थालेको हो । प्याक्ट बिक्रेतामार्फत बिक्री हुँदै आएकोमा अब भने कम्तीमा एउटा पम्प सञ्चालन गर्ने निगमको तयारी छ ।
पेट्रोल पम्प सञ्चालन गर्न पहिलो चरणमा निजी क्षेत्रका लागि खुला गरिनेछ । निजी क्षेत्र इच्छुक नभए निगम आफैंले सञ्चालन गर्ने तयारी थालेको छ । निगमले अहिले विवरण संकलन गरिराखेको जनाएको छ ।
प्रतिक्रिया