धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् । पुस २७ र २८ मा धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सहमहामन्त्रीमा सर्वसम्मत चयन गरेको हो ।
उनी यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय सहसचिव थिइन् । कठरियाको राजनीतिक अनुभवले पार्टीलाई थप सशक्त र गतिशील बनाउने अपेक्षा गरिएको रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले बताए ।
प्रतिक्रिया