ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा मृत भेटिएकी महिलाको हत्या भएको पुष्टि, श्रीमान पक्राउ

मङ्गलबार २६, फागुन २०८२ ०८:१३

धनगढी । कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको छ ।

गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घरनजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्द‌ै प्रहरीमा खबर पुगेको थियो ।

शरीरमा चोट लागेको अवस्थामा मृत भेटिएकी चौधरीको उनकै श्रीमानले हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया