ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘ओली नै आतंककारी भन्नुहुन्छ, उहाँसंग जुध्न सक्दिनँ’

मङ्गलबार ०१, माघ २०८१ ०८:४७

धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले एमाले छोडेको हल्ला फैलियो । भट्टको सचिवालयले त्यसको खण्डन गर्दै त्यस्तो हल्ला गर्नेविरुद्ध कानुनी प्रक्रियामा जाने बतायो ।

त्यसअघि भट्टकै गृहनगर गोदावरीका ४६ जना पूर्वमाओवादीले एमाले छोडेको विज्ञप्ती सार्वजनिक भएको थियो । केही दिनपछि ४६ मध्येका २८ जनाले अफूहरु एमालेमै रहेको भन्दै विज्ञप्ती जारी गरेका थिए ।

अहिले भट्टको एउटा भिडियो भाइरल भएको छ । जसमा अध्यक्ष केपी शर्मा ओलीबाटै आफू हेपिएको बताएका छन् । ‘हामी मञ्चमा हुन्छौं, कहिले अध्यक्ष आतंककारी भनिदिनुहुन्छ हामीलाई,’ उनले भिडियोमा भनेका छन्, ‘अपराधी, हत्यारा भनिदिनुहुन्छ । जनयुद्ध नभएको भए आज केपी शर्मा ओलीले पनि त्यसरी बोल्न सक्नुहुन्थेन ।’

भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग जुधे जस्तै ओलीसंग जुध्न नसकिने पनि बताएका छन् । ‘मचाहिँ के हो त भन्दा म प्रचण्डसँग जुधेको जस्तो अहिले केपीसँग जुध्न सक्दिनँ,’ उनले भनेका छन्, ‘किनभने त्यहाँ लडेर आइया छ । यहाँ केपी भनिएको छ । हाम्रोमा त म भन्ने छ नि त अहंकार नेताहरूमा । या त मैले अन्य पार्टी खोल्नुपर्छ । या त अरू पार्टीमा जानुपर्छ । या त मैले सन्यास लिनुपर्छ । सिधै अहिले नै केपीसँग जुध्ने हो भने त समस्या त आइहाल्छ ।’

सामाजिक सञ्जालमा भाइरल उक्त भिडियो कैलालीको अत्तरियास्थित भट्ट निवासमा एमालेमा रहेका पूर्वमाओवादी नेता तथा कार्यकर्ताहरूसँगको कुराकानीको रहेको बताइएको छ ।  

प्रतिक्रिया