ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

हरैयामा सार्वजनिक–निजि साझेदारीमा विशेष आर्थिक क्षेत्र : मन्त्री भण्डारी

मङ्गलबार ०१, माघ २०८१ ०५:५५

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक–निजि साझेदारीमा कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने सरकारको तयारी रहेको बताएका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले हरैया विशेष आर्थिक क्षेत्र प्रारम्भीक काम सकिएपछि सार्वजनिक–निजि साझेदारीको अवधारणमा निर्माण कार्य सुरु गरिने बताए ।

‘यस अवधारणाअन्तर्गत भैरहवामा विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माण भइसकेको छ र सिमरामा निर्माणको क्रममा छ’ मन्त्री भण्डारीले भने, ‘सिमरा र हरैयाको प्रारम्भीक काम सकिएपछि चाँडै पीपिए मोडेलमा लैजान्छाँै ।’ यहाँ प्रारम्भीक अध्ययनको काम सकिएको उल्लेख गर्दै उनले अब वातावरणीय प्रभाव मूल्यांकनको प्रकृया अगाडि बढाइने बताए ।

उनले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको काम पनि सरकारले अगाडि बढाउने दावी गरे । मन्त्री भण्डारीले लगानीसम्बन्धी केही समस्याहरु हटाउन सरकारले लगानीसम्बन्धी ऐन अध्यादेशमार्फत जारी गरेर लगानीको वातावरण निर्माण गरेको बताए ।

औद्योगिक क्षेत्रमा अव्यवस्थित बसोबासी र वनका कारण औद्योगिक पूर्वाधार निर्माणका फाइल रोकिएका उनले बताए । ‘अध्यादेशमार्फत ऐन संशोधनले ती समस्या चाँडै फुक्ने छन्’ उनले भने, ‘अध्यादेशमा औद्योगिक पूर्वाधार प्रयोजनका लागि वन, राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र प्रयोग गर्न सकिने उल्लेख गरेका छौँ ।’
     

प्रतिक्रिया