ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

बुधबार ०२, माघ २०८१ ११:२२

एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन् । बुधबार बिहान उनलाई सोलमा रहेको आफ्नै निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । 

यसअघि दक्षिण कोरियाका अनुसन्धानकर्ताहरुको येओललाई पक्राउ गर्ने पहिलो प्रयास विफल भएको थियो । अदालतले पक्राउ पुर्जीको पछिल्लो अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई आज दोस्रो प्रयासमा पक्राउ गरेका हुन् । 

गएको डिसेम्बरमा सैन्य शासन लागु गर्ने प्रयास गरेसँगै येओलमाथि विद्रोह गरेको आरोपमा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा उनले सहयोग नगरेको भन्दै उनलाई पक्राउ गर्नु परेको अनुसन्धान अधिकारीहरुले बताएका छन् । 

येओललाई पदबाट हटाउने वा नहटाउने विषयमा भने उनीविरुद्ध लागेको महाभियोगको प्रस्तावमा हुने छलफलले तय गर्ने कानुन व्यवसायीको तर्क छ । 
 

प्रतिक्रिया