काठमाडौं। बझाङ स्थायी घर भएर काठमाडौं बस्दै आएकी एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । उनले उच्च अदालत पाटन परिसरमा आत्मदाह प्रयास गरेकी हुन् ।
उनले आफू एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्ष ऐन महरद्वारा पीडित भएकाले आत्मदाह प्रयास गरेको जनाएकी छन् ।
महरले लामो समयसम्म आफूलाई बिहे गर्छु भनी यौन शोषण गर्दै आएको भन्दै ती महिला पाटन अदालत धाइरहेकी छन् । उनको मुद्दामा सुनुवाई नभएको अवस्थामै महरले पनि बार्गेनिङ गरेको र साइबर अपराधमा ती महिलाविरुद्ध मुद्दा नै हालेका थिए ।
प्रतिक्रिया