काठमाडौं । १५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको पुष्टि गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । जसमा पूर्ण एवं समग्र युद्धविराम, गाजाबाट इजरायली सेना फिर्ता र हमासले राखेका सबै बन्दीहरुको रिहाईलाई महत्वपूर्ण रुपमा समेटिएको बताइएको छ ।
बाइडेनका अनुसार पहिलो चरणमा प्यालेस्टाइनीहरुलाई उनीहरुका आफन्तसँग मिलन गराउने र घर फिर्ती तथा गाजापट्टीमा अधिक मानवीय सहायताको अनुमति दिइनेछ । हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण सुरु गरेको थियो ।
प्रतिक्रिया