ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पूर्वमन्त्रीसहित दुई जनालाई एमालेको कारबाहीमा

आइतबार ०६, माघ २०८१ ११:०७

धनगढी । एमाले कैलालीका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई पार्टीबाट निष्काशन गर्न सिफारिस भएको छ ।

नेकपा एमाले कैलालीको सचिवालय बैठकले पूर्वप्रदेश कमिटी सदस्यसमेत रहेका सुवेदीलाइ पार्टीको संगठीत सदस्य समेत नहरनेगरि निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पूर्वमन्त्री सुवेदीका छोरा भिष्मराज सुवेदीलाई पनि संगठीत सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय भएको एमाले कैलालीका उपसचिव चुडामणी भट्टले जानकारी दिए । 

‘जिल्ला कमिटीका सदस्य समेत रहेका भिष्मराजलाई जिम्मेवारी मुुक्त गरिएको छ,’ उनले भने, ‘संगठीत सदस्यबाट हटाउन भने केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको छ । पूर्वमन्त्री सुवेदी र उनका छोरा एमालेबाट निष्कासित भीम रावलको अभियानमा लागेको देखिएपछि कारबाही सिफारिस भएको हो ।’

शुक्रबार धनगढी पुगेका रावललाई स्वागत गर्न पूर्वमन्त्री सुवेदी र उनका छोरा विमानस्थलमै पुगेका थिए । उनीहरुले रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा लागेको पनि बताइसकेका छन् । 
 

प्रतिक्रिया