ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भीम रावलले आफ्नो वडाबाट लिए अग्रता

शनिबार २३, फागुन २०८२ १२:५२

धनगढी । अछाम– १ मा रोचक प्रतिस्पर्धा भइरहेको छ । त्यहाँ अहिले नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले अग्रता लिएका छन् । 

साँफेबगरका आठ वडाको मतगणना बाँकी रहेको अवस्थामा रावल आठ हजार ६६६ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका भरतकुमार स्वाँरले आठ हजार ४३६ मतसहित पछ्याइरहेका छन् । 

यसअघि पछाडि रहेका रावलले साँफेबगर– ६ को गणनामा अग्रता लिएका हुन् । उक्त वडामा रावलले ५३९ मत पाउँदा कांग्रेसका स्वाँरले ६७ मत मात्रै पाए । 

वडा नम्बर ६ रावलको वडा हो ।

प्रतिक्रिया