ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा पीएम कप : आर्मीको सानदार डेब्यु, कोशीसंग बागमती पराजित

आइतबार ०६, माघ २०८१ ०४:३०

धनगढी । कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले सुखद सुरुवात गरेका छन् । ‘बी’ समूहअन्तर्गत आइतबारदेखि समूहचरणका खेल सुरु भएकोमा दुबै टोलीले आफ्नो पहिलो खेलमा जित निकालेका हुन् । 
कैलालीको धनगढीस्थित फाप्ला मैदानमा आइतबार भएको पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित ग¥यो । हुस्कुका कारण खेल १३ ओभरमा छोट्याइएको खेलमा कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बागमती १२.१ ओभरमा ५३ रनमा समेटियो । बागमतीका लागि सबिका यादवले २० तथा विपिशा शाहीले १२ रन जोडिन् । कोशीका लागि रुबिना क्षेत्री, ज्योती दनुवार र संगिता राईले समान २÷२ विकेट लिइने् । तथा निशा शाहले १ विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित १३ ओभरमा ७ विकेट गुमाउँदै ६३ रन बनाएको थियो । उसका लागि विमला मलाहले १९ तथा कप्तान रुबिना क्षेत्रीले १५ रन जोडिन् । बागमतीका लागि मनिशा उपाध्यायले ह्याट्रिकसहित ४ विकेट लिइन् । संस्कृती फुयाल, बिपाशा शाही र पुजा साउदले समान १÷१ विकेट लिइन् ।
आइतबार नै फाप्ला मैदानमा भएको दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको छ । मधेशले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले २.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा ग¥यो । आर्मीको जितमा सम्झना खड्काले २२ तथा अञ्जली विश्वकर्माले ४ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले १५.२ ओभरमा सबै विकेट गुमाउँदै २५ रन मात्र बनाएको थियो । मधेशका लागि भुमी सिंहले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि आश्मा पुलामी मगरले ह्याट्रिकसहित ३, मनिषा चौधरी र लक्ष्मिी साउदले समान २ तथा सिता शाही र इश्वरी बिष्टले समान १ विकेट लिए । घरेलु क्रिकेटमा आर्मीको यो नै डेब्यु खेल हो । 
प्रतियोगिताअन्तर्गत ए समूहबाट भने सुदूरपश्चिम प्रदेश र एपीएफ सुपर चारमा प्रवेश गरिसकेका छन् ।
 

प्रतिक्रिया