धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेली पुलमा सुदूरपश्चिम प्रदेश ०१–०११ प ७८९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर बुधबार पुलमा ठोक्किदा कैलारी गाउँपालिका–७ रतनपुरका ३४ वर्षीय मनोज चौधरीको मृत्यु भएको हो । उनले आफैँ मोटरसाइकल चलाएका थिए ।
मोटरसाइकल पुलमा ठोक्किदा चौधरी गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया