धनगढी । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरूद्व नारा लागेपछि पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीले मातृभूमि जागरण अभियानका नाममा गलत र भ्रामक नारा लगाइएको उल्लेख छ ।
‘मातृभूमि जागरण अभियान नामको समूहले कैलालीको धनगढी एयरपोर्ट र अछामको साँफेबगर नगरपालिकाको छिपेखोला बजार लगायतका विभिन्न क्षेत्रमा कार्यक्रम गर्ने नाममा हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाइएका गलत तथा भ्रामक नारा र गरिएका अभिव्यक्तिका विषयहरु सञ्चार माध्यममार्फत जानकारी भएकोले सुदूरपश्चिम प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रदेश सचिव रणबहादुर चन्दले जारी गरको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया