काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार सिंहदरबार पुगेका छन् । उनी धरानको खानेपानी समस्या समाधानका लागि सिंहदरबार पुगेका हुन् ।
रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका उनको साथबाट प्रहरीले गाग्री भने खोसेको छ । धरानमा खानेपानी समस्या समाधानका लागि संघीय सरकारले पहल गर्नुपर्ने उनको माग छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'आज १० बजे आसपासमा सिंहदरबार छिर्ने विचार छ ! खानेपानीमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा गाग्रीसहित जानेछु ! केन्द्रले धरानलाई विभेद नगरी सप्तकोशीको पानी ल्याउने योजनाको ठेक्का यही वर्षमा लगाइदिन परो भन्ने माग हो !'
प्रतिक्रिया