ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीबाट साढे १८ लाख बढीको सामान बरामद

बिहिबार ०६, मङि्सर २०८१ १०:५३

धनगढी । कैलालीबाट साढे १८ लाख बढीको सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट परिचालित टोलीले १८ लाख ६३ हजार पाँच सय ८० बराबरको भन्सार छलीका सामान बरामद गरेको हो । 

धनगढी उपमहानगरपालिका–१२ ए गाँउस्थित दुर्गा मन्दिरको नजिकैबाट एक सय ५५ बन्डल प्लाष्टिकको रेडिमेड ध्वजा पतंगा, टेन्टको कपडा, टायर, सुर्तिजन्य पदार्थ बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी जुगेडाबाट खटिएको मोबाइल टोलीले नौं लाख ४८ हजार बराबरको उक्त सामान बरामद गरेको हो । 

यस्तै एक अटो र सामान अनलोड गरी रोडको छेउमा लुकाएर छोडिएको सामान पनि बरामद गरिएको छ । यस्तै, सीमा सुरक्षा गुल्म त्रिनगर, सीमा सुरक्षा गुल्म खक्रौला, सीमा सुरक्षा गुल्म खोनपुर, बिओपी बंग्राकटान, बिओपी कुसुमघाट, बिओपी हिम्मतपुर¸ बिओपी फुलवारी, बिओपी लल्लीपुर, बिओपी भुइयाफाँटा, बिओपी छोटीपलिया, बिओपी हलौनाघाट, एफओपी नल्काघाटबाट खटिएको टोलीले ८ लाख ६३ हजार ८ सय ३० मुल्य बराबरको लत्ताकपडा, हार्डवयर, इलोक्ट्रोनिक सामान, टायर, चिनी, प्याज लगायत किरानाका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बिओपि बंगराकटानबाट खटीएको टोलीले धनगढी उपमहानगरपालिका भैसीघाटबाट अन्दाजी ५१ हजार मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ । 
 

प्रतिक्रिया