सप्तरी । शीतलहरले कठ्याङ्ग्रिएर सप्तरीमा एक जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी-४ का ५० वर्षीय भुटाइ साहको कठ्याङ्ग्रिएर मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान घरदेखि पश्चिम रहेको पोखरीको डिल छेउमा दिशा गर्न गएका बेला साह जाडोले कठ्याङ्ग्रिएर लडेका थिए । उनको सोही ठाउँमा मृत्यु भएको हो । मृतक साह आर्थिक रूपमा अति विपन्न रहेको वडाध्यक्ष मुखियाले बताए ।
प्रतिक्रिया