ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धरानको खानेपानी समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता

मङ्गलबार ०८, माघ २०८१ ०३:५५

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलकामा उनले समस्या समाधानका लागि एकीकृत खानेपानीका यो वर्ष बोलपत्र आह्वान गर्ने तयारी भएको जानकारी दिए । 

मन्त्री यादवले भने, “जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रूपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ ।”  

लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया