काठमाडौँ । महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार महोत्तरीको सोनमा गाउँपालिका–२ मा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादवको शव फेला परेको हो ।
स्थानीयले आज बिहान शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानले बताए । यादवको हत्याको आशंका गरिएको छ । प्रहरीले घटनाबारे तालिम प्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रतिक्रिया