धनगढी । बझाङमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । खप्तडछान्ना गाउँपालिका-४ माझिगाउँकी अन्दाजी २८ वर्षीया अंगिरा रोकाया भालुको आक्रमणबाट घाइते भएकी हुन् ।
उनलाई बुधबार बिहान घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । रोकायालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङबाट धनगढी रिफर गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया