ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कृष्णपुरमा आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति गरिँदै

बिहिबार १०, माघ २०८१ १२:१४

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । नगरपालिकाका नौवटै वडामा पाँच/पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो । 

पहिलो चरणमा वडा नम्बर ४ को मालुवेलाबाट काम सुरु भएको छ । नगरपालिकामा उपलब्ध टिपर, लोडर, ट्र्याक्टर, रोलर प्रयोग गरी सडक स्तरोन्नति प्रारम्भ भएको नगरप्रमुख हेमराज ओझाले बताए ।  

सडक स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 'उपभोक्ता समितिमार्फत एक किलोमिटर सडक स्तरोन्नति गर्न १० लाख खर्च हुने देखियो', नगरप्रमुख ओझाले भने । नगरपालिकाले आफ्नै साधन स्रोत प्रयोग गरी सडक स्तरोन्नति गर्दा नगरवासीले अपनत्व ग्रहण गरेका छन् । 

गत वर्ष नगरपालिकाले २५ किलोमिटर सडक स्तरोन्नतिको गरेको थियो । चालु आवमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त १२ करोड रुपैयाँको लागत साझेदारीमा नगरपालिका क्षेत्रमा सडक कालोपत्र भइरहेको छ । रासस

प्रतिक्रिया