ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लठ्ठा चुँडिएकै पुलबाट आवतजावत

बिहिबार ०६, मङि्सर २०८१ ०४:२०

धनगढी । अछाम र दैलेख जोड्ने जीर्ण पुल मर्मत नहुँदा समस्या भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका –९ कालेकाँडास्थित जीर्ण बनेको झोलुंगे पुलमा आवतजावत गर्न स्थानीय बासिन्दा बाध्य भएका हुन् । गत जेठ २७ गते एकतर्फका लठ्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे परेको थियो । 

उद्धार गर्ने क्रममा जीवन रोका मगरका दुई वटा खच्चड मरेका थिए । पुल कोल्टे परेपछि फिल्डमै प्राविधिक कर्मचारी पठाएर अध्ययन भएको थियो । प्राविधिक टोलीको प्रतिवेदनमा पुल मर्मत गरेरमात्रै संचालन गर्न सक्ने अवस्था नभएकोले आवातजावत नगर्न भनिएको थियो । 

तर अहिलेसम्म न नयाँ पुल निर्माण भएको छ न त जीर्ण पुल मर्मत नै भएको छ । सोही पुलबाट सर्वसाधारणले वारिपारि गर्न बाध्य छन् । वैकल्पिक भनिएको पुलबाट आवतजावत गर्न करिब एक घण्टा बढी समय लाग्ने गरेका कारण स्थानीयले सोही पुलको प्रयोग गरिरहेका छन् ।
 

प्रतिक्रिया