ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको निर्वाचन १८ माघमा

सोमबार १४, माघ २०८१ १०:५४

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।  रिक्त रहेका समितिहरुमा सभापति पदको निर्वाचनका लागि प्रक्रिया थालिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै १८ माघ निर्वाचन हुने जनाएको छ । प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीका अनुसार १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको छ । १८ माघमा सभापति चयनका लागि सम्बन्धीत समितिको बैठक बस्ने जनाइएको छ । 

सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको रिक्त रहेको सभापति पदका लागि निर्वाचन हुुने प्रदेशसभा सचिवालयले जनाएको छ । 

सुदूरपश्चिम ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबण्डा भएको थियो । नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसले विशेष समितिको सभापति पाउने गरी भागबन्डा भएको थियो । 

प्रतिक्रिया