धनगढी । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्अन्तर्गत नेपाल राष्ट्रिय कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा माधवप्रसाद जोशी चयन भएका छन् । धनगढीमा शुक्रबार सम्पन्न संगठनको प्रथम अधिवेशनले जोशीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।
अधिवेशनले समितिको उपाध्यक्षमा स्वतन्त्र कुँवर, सचिवमा धनराज कार्की र कोषाध्यक्षमा दिनेशकुमार पाण्डेयलाई चयन गरेको छ । त्यस्तै कार्यसमिति सदस्यमा भुवेश पन्त, प्रयागराज जोशी, विशाल ज्ञवाली, विशाल नेपाली र सुरेश सुनार चयन भएका छन् ।
अधिवेशन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओली प्रमुख अतिथि र नेकपा माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढा विशिष्ठ अतिथि रहेका थिए । त्यस्तै अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सचिव डम्बरराज भट्टराइ, प्रेमराज पाण्डेयलगायत अतिथि रहेका थिए ।
नेत्रविक्रम भट्टको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन भुवेश पन्तले गरेका थिए ।
प्रतिक्रिया