ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बिरामी बोकेको सुमो दुर्घटना, तीन जनाको मृत्यु

बिहिबार १७, माघ २०८१ ०१:११

काठमाडौँ । ओखलढुङ्गामा बिरामी बोकेको टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–७ मा ना१ज ६४२१ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । 

मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका ओखलढुङ्गाका प्रहरी निरीक्षक मनिष लुइँटेलले जानकारी दिए । 

प्रहरीका अनुसार सुमो खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो । छोरा सुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथमा लिएर काठमाडौँ आउँदै थिइन् । 

प्रतिक्रिया