काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो । थाइल्यान्डकी नान्नापट कोन्चारेनकाईले नटआउट ६० रन बनाइन् । नेपालकी मनिष उपाध्यायले २ विकेट लिइन् ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो । नेपालका विन्दु रावल र कविता कुँवरले समान २५ रन बनाए । थाइल्यान्डकी थिपचा पुत्थावोङ्गले ३ विकेट लिइन् ।
त्रिदेशीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
प्रतिक्रिया