ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा सात लाख बढीको सामान बरामद

शनिबार ०८, मङि्सर २०८१ १०:३१

धनगढी । कैलालीमा सात लाख बढीका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले  जिल्लाका विभिन्न स्थानहरूबाट भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको सात लाख ७२ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको हो । 

धनगढी उपमहानगरपालिकास्थित ट्राफिक चौराह, त्रिनगर ब्यारेक, मिलन चोक र बहुलियाबाट तीन लाख ५६ हजार मूल्य बराबरको लेमिलेसनको मेसिन, शृङ्गारको सामान, कपडा, किराना सामान, प्याज, चिनी र त्रिपाल फेला पारेको प्रहरीले जनाएको छ । 

यस्तै, धनगढी गोदावरी नगरपालिका–४ वनदेबीबाट अन्दाजी ३ लाख ३८ हजार मूल्य बराबरको कस्मेटिक सामान र कपडा  बरामद गरिएको छ । भजनी नगरपालिकास्थित जसब र सोनाहफाटाबाट अन्दाजी ५९ हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ, किराना सामान र टिकापुर नगरपालिका-९ ठोसे बजारबाट अन्दाजी १८ हजार ७ सय मूल्य बराबरको चिनी बरामद गरिएको छ ।

उक्त समानहरू आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया