ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा मेडिकल कलेजमा अब नर्सिङ र पब्लिक हेल्थको पढाइ

सोमबार २१, माघ २०८१ १०:२७

धनगढी । डडेल्धुरा मेडिकल कलेजमा बीएस्सी नर्सिङ र पब्लिक हेल्थको पढाइ सुरु हुने भएको छ । अघिल्लो वर्षदेखि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्यापन सुरु भएकोमा यसवर्षदेखि थप दुई संकायमा पढाइ सुरु गर्नका लागि आइतबार विद्यार्थीलाई स्वागत र अभिमुखिकरण गरिएको छ । 

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डीन हेमनाथ जोशीले मंगलबारदेखि बीएस्सी नर्सिङ र पब्लिक हेल्थमा अध्यापन सुरु हुने जानकारी दिए । उनका अनुसार पब्लिक हेल्थमा १० र बीएस्सी नर्सिङमा २० जनाको कोटा पाइएमा अहिले पब्लिक हेल्थमा पाँच र बीएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएका छन् । 

१० जनाको कोटा रहेको ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीमा छ जना भर्ना भएका छन् ।

 

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि पहिलोपटक २०८० असोजमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको थियो । 
सोही स्वीकृतिपछि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको गत वर्षदेखि अध्यापन सुरु भएको थियो । 

एमबीबीएस अध्यापनका लागि भने डडेल्धुरा अस्पतालको स्तरोन्नति आवश्यक रहेको डीन जोशीलेको भनाइ छ । अहिले डडेल्धुरा अस्पताल एक सय शय्याको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ ।

डडेल्धुरा अस्पताल स्तरोन्नति भएर तीन सय शय्यामा सञ्चालन भएको तीन वर्ष पुगेपछि एमबीबीएसको अध्यापन सुरु हुने डीन जोशीले बताए । डडेल्धुरा अस्पतालका अनुसार तीन सय शय्यामा अस्पताल स्तरोन्नतिका लागि संरचना तयार छन् । स्तरोन्नतिको प्रक्रिया पनि अगाडि बढेको अस्पतालले जनाएको छ ।
 

प्रतिक्रिया