ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

तीनवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बिहिबार ०७, फागुन २०८२ ११:०५

काठमाडौं । सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति ८ बजे सर्लाहीको इश्वरपुर नगरपालिका(१३ बाके(संग्रामपुर सडक खण्डको ठिल्ला नजिक तीनवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार  बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरको मोटरसाइकल  दुर्घटनाग्रस्त अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएको थियो ।  

सूचनापश्चात प्रहरी चौकी गौरीशंकरबाट प्रहरी सहायक निरीक्षक लिलानाथ मिश्राको कमाण्डमा टोली खटिएको थियो ।

प्रहरीले घटनास्थलबाट ४ जनालाई घाइते अवस्थामा उपचारका लागि  लालबन्दीस्थित मोडल अस्पताल पठाएको थियो ।

तीमध्ये गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका सर्लाहीको हरिपुर्वा नगरपालिका(९ मिर्चैयाका अन्दाजी ३०र३५ वर्षका मुकेश राय र सोही ठाउँका अन्दाजी ३० वर्षका रामज्ञान रायको उपचारका क्रममा मृत्यु भएको हो ।  

हरिपूर्वा ९ कै २२ वर्षीय विक्रम राय र ४२ वर्षीय विश्वास राय भने सामान्य घाइते भएका थिए । उपचारपश्चात उनीहरूलाई इलाका प्रहरी कार्यालय केशरगन्जको नियन्त्रणमा राखेर घटनाको अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया