ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा हिमपातको सम्भावना

मङ्गलबार २२, माघ २०८१ ०८:११

काठमाडौं । आज देशका अधिकांश भू-भागमा मौसम बदली भएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको हो ।


आज मुख्यतया सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र उच्च पहाडी भू-भागमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अन्य प्रदेशमा पनि सामान्य बदली भए पनि वर्षा र हिमपातको भने सम्भावना छैन ।

प्रतिक्रिया