धनगढी । दार्चुलाको एक घरमा आगलागी भएको छ । सोमबार राति ८ बजेको समयमा मालिकार्जुन गाउँपालिका-७ चौकी बस्ने भुपेन्द्र चन्दको दुईतले ७ कोठे पक्की घरमा आगलागी भएको हो ।
विद्युतको तार सर्ट भई आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, फर्निचर लगायतका सामानहरु गरी अन्दाजी ३ लाख मूल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया