ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा गाँजा सेवन गरिरहेका पसल सञ्चालकसहित चार जना पक्राउ

मङ्गलबार २२, माघ २०८१ १०:५९

धनगढी । कैलालीमा गाँजा सेवन गरिरहेको अवस्थामा एक पसल सञ्चालकसहित चार जना पक्राउ परेका छन् । सोमबार साँझ गौरीगंगा नगरपालिका-११ झन्झटपुरमा सोही ठाउँ बस्ने ३८ वर्षका तुलाराम चौधरीको घुम्ती पसलबाट लागुऔषध (गाँजा) सेवन गरिरहेको अवस्थामा तुलारामसहित सोही ठाउँका ३१ वर्षका श्रवण कुमार चौधरी, २७ वर्षका अजय चौधरी र २१ वर्षका विवश चौधरी पक्राउ परेका हुन् । 

उनीहरुलाई ७० ग्राम लागुऔषध गाँजा र गाँजा सेवन गर्न प्रयोग गरेको पाइपसहितको एक थान बोतलसहित इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया