ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीबाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ, भरुवा बन्दुक र चक्कु बरामद

मङ्गलबार २२, माघ २०८१ ०५:१९

धनगढी । कैलालीको धनगढीबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१९ बाट दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार भारतको लखिमपुर खिरी नौसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, लखिमपुर खिरीकै ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका– १९ का ३९ वर्षीय गुरुप्रसाद चौधरीलाई पक्राउ गरिएको हो । 

उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको डीएसपी बोहराले जानकारी दिए । विशेष सूचनाको आधारमा जिल्ला, प्रदेश र संघीय प्रहरीको टोलीले तीनै जनालाई पक्राउ गरिएको हो । 
 

प्रतिक्रिया