एजेन्सी । भारतको नयाँ दिल्लीमा विधानसभा चुनावको मतदान सुरु भएको छ । दिल्लीमा रहेका ७० वटै विधानसभा सिटका लागि आज मतदान भइरहेको हो ।
७० सिटका लागि ६९९ जना उम्मेदवार रहेका छन् । जसमा ९६ जना महिला रहेका भारतीय निर्वाचन आयोगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मतदानका लागि १३ हजार ७६६ मतदान केन्द्र निर्धारण गरिएको छ । दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यस पटकको चुनावमा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल, मुख्यमन्त्री आतिशी, आपका नेता मनिस सिसोडिया र भारतीय जनता पार्टीबाट उम्मेदवार भएका परवेश वर्मा र कंग्रेस उम्मेदवार भएका सन्दीप दीक्षित मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । मतदानको नतिजा आउँदो शनिबार सार्वजनिक गर्ने तयारी छ ।
प्रतिक्रिया