धनगढी । बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर विजयी भएका छन् । उनी १८ हजार ४१५ मत पाउदै विजयी भएका हुन् ।
उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १६ हजार २९ मत पाए ।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मीनबहादुर कुँवरले नौ हजार ७४८ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेन्द्रकुमार सिंहले नौ हजार २३४ मत पाएका छन् ।
महर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार थिए । उनी तत्कालीन गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग उनी ९९८ मतको झिनो अन्तरले पराजित भए । उनी ०७६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया