ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बङ्गलादेशमा प्रदर्शनकारीले जलाए शेख हसिनाका पिताको घर

बिहिबार २४, माघ २०८१ ०२:१८

एजेन्सी । बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन सुरु भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विपक्षीहरूले गएराति उनका पिता शेख मुजिबुर रहमानको ढाकामा रहेको घरमा आगो लगाएर ध्वस्त पारेका छन् । 

उनीहरुले हिजै बेलुकादेखि देशभरि शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका बीबीसीले जनाएको छ । उनीहरुले शेख मुजिबुर रहमानको भित्ते चित्रहरू बिगारेका थिए । 

भारतमा रहेकी शेख हसिनाको अनलाइन कार्यक्रम अघि हिंसा सुरु भएको थियो । शेख हसिनाको बङ्गलादेश विरोधी गतिविधिका कारण प्रदर्शन भएको बङ्गलादेशका सञ्चार माध्यमले बताएका छन् । 

शेख हसिनाका विपक्षीहरूले उनी भारतमा बसेर बङ्गलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै आएका छन् । गएको वर्ष बङ्गलादेशमा आरक्षणविरुद्ध विद्यार्थीको हिंसात्मक प्रदर्शनपछि शेख हसिनालाई देश छाडेर भारत जानुपरेको थियो । 
 

प्रतिक्रिया