धनगढी । कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा १५ माघदेखि सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा दैनिक रुपमा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति राख्दै आएका छन् ।
सोही क्रममा बिहीबार गायिका एलिना चौहानको महोत्सवमा प्रस्तुति थियो । ‘धोकेबाज’ गीत गाउँदा भने उनले आफैलाई सम्हाल्न सकिनन् । चौहान स्टेजमा गाउँदा गाउँदै भक्कानिएको एक भिडियो क्लिप अहिले भाइरल भएको छ ।
हालै पतिसँग सम्बन्ध विच्छेदको निवेदन दिएकी उनको यो भिडियो सार्वजनिक भएसँगै धेरै कलाकर्मीहरूले ढाडस पनि दिइरहेका छन् । नायिका रिचा शर्माले पनि चौहानलाई ढाडस दिँदै यो साहस कायमै राख्न सुझाव दिएकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘प्रिय एलिना, तिमीले आफ्नो विवाह एक वर्षमै टुङ्ग्याउने निर्णय लियौ र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न ग¥यो होला, परिवारले चिन्ता व्यक्त ग¥यो होला, र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला, तर म बुझ्छु । किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ। साँच्चै, सङ्गीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन चाहन्थ्यौ। कसैले तिम्रो पखेटा काटेर घरको सानो खाँबोमा बाँध्न खोज्यो, तर तिमी उड्न चाहन्थ्यौ । ’
यता गायिका चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालेको बताएकी छन् । शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले ‘धोकेबाज’ गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन् । ‘धोकेबाज मलाई भनेको कि ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन् ।दर्शकले ‘धोकेबाज’ गीतलाई ‘वान्स मोर’भन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन् । उनले विद्यार्थीलाई यो समय अध्ययनको बेला भएकाले प्रेममा नपर्न सुझाएकी थिइन् । यस्तै उनले आफूलाई अहिलेको अवस्थामा ‘धोकेबाज’ गीत धेरै गाउन मन नभएको बताइन् । ‘भर्खर भर्खर ब्रेकअप भएको छ । यस्तो बेला धेरैपटक धोकेबाज गाउनुहुँदैन । मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन् ।
< >
प्रतिक्रिया