ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

त्रिकोणीय सिरिजमा जितविहीन भयो नेपाल

शुक्रबार २५, माघ २०८१ ०३:१५

काठमाडौं । शुक्रबार सम्पन्न त्रिकोणी महिला टी–२० सिरिजको उपाधि थाइल्यान्डले जितको छ । शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्यान्डले उपाधि जितेको हो । उसले सिरिजका ६ मध्ये पाँच खेलमा जित निकाल्यो । 

नेपालले भने यो प्रतियोगितामा निकै खराब प्रदर्शन गर्‍यो । घरेलु मैदानमा नेपाल ६ खेलमा लगातार पराजित भयो । पहिलोपटक यस प्रकारको सिरिज खेलेको नेपालले एक खेल पनि जित्न सकेन । नेपाल नेदरल्यान्ड्सँग तीनपटक र थाइल्यान्डसँग तीनपटक पराजित भयो । 

शुक्रबार टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८१ रन बनाएको थियो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाएकी थिइन् । जवाफमा थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । 

प्रतिक्रिया