ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

हमासले थप तीन इजरायली बन्धक रिहा गर्दै

शनिबार २६, माघ २०८१ ०१:४०

एजेन्सी । हमास लडाकु समूहले आज गाजाबाट थप तीन जना बन्दी रिहा गर्ने भएको छ । ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी रिहा हुने भएका हुन् । 

गएको जनवरी १९ तारिखमा युद्धविराम लागु भएपछि अहिलेसम्म हमासले १८ जनालाई मुक्त गरिसकेको छ । तीन जनाको बदलामा इजरायलले १८३ जना प्यालेस्टाइनी कैदीबन्दीलाई रिहा गर्ने बीबीसीले जनाएको छ । 

तीन हप्ताको युद्धविराम अवधिमा पहिलो चरणअन्तर्गत हमासले ३३ जना बन्धक तथा इजरायलले झण्डै दुई हजार कैदीलाई मुक्त गर्ने भनिएको छ ।

प्रतिक्रिया