ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बालेनले नगर प्रहरीलाई एमाले मुख्यालय पठाए

आइतबार ०९, मङि्सर २०८१ ०२:०४

धनगढी । काठमाडौं महानगरपालिकाका नगर प्रहरी एमालेको केन्द्रीय कार्यालय पुगेका छन् । यसअघि महानगरले एमालेलाई एक लाख जरीवाना गरेकोमा आज नगर प्रहरी एमाले मुख्यालय पुगेका हुन् । 

नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवाना नतिर्ने बनाएको थियो ।  ‘औचित्यहीन चिर्कटो’ भन्दै एमालेले महानगरले तोकेको जरिवाना नतिर्ने जनाएको थियो । 

कार्यक्रम सकिए लगत्तै कार्यक्रमस्थल सरसफाइ गरिसकेको बताउँदै जरीवाना नतिर्ने एमालेले बताएको थियो । 

एमालेको सभा सकिए लगत्तै काठमाडौं महानगरको नगर प्रहरी बलले ‘जागरण सभा गर्ने क्रममा सडक तथा सडक पेटीमा जथाभाबी फोहोर मैला गरी वातावरण प्रदूषण गरेको’ भन्दै फोहोर मैला व्यवस्थापन ऐन,२०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना तोकेको थियो । 

काठमाडौं महानगरका मेयर बालेन शाह र नेकपा एमालेबीच लामो समयदेखि विवाद छ । 

प्रतिक्रिया