अत्तरिया । प्रहरीले चरेससहित एक वृद्धलाई पक्राउ गरेको छ । बुधवार बझाङबाट धनगढीतर्फ आउँदै गरेको ना ७ ख ४०९ नम्बरको बसबाट ७८४ ग्राम चरेससहित बझाङको छविसपाथिभेरा – ३ का ७१ वर्षीय चन्द्रदेव जैसी पक्राउ परेका हुन ।
विशेष सूचनाका आधारमा प्रहरीले बसमा खानतलासी गर्दा जैसी बसेको बसको सिटमाथि सामान राख्ने ¥याकमा प्लास्टिकको कट्टाभित्र चरेस बरामद गरेको हो ।
डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट जैशीलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया