धनगढी । मानवसेवा आश्रमले कैलालीको धनगढीमा भवन निर्माण गर्ने उद्देश्यले सञ्चालन गरेको महायज्ञबाट झण्डै पाँच करोड संकलन भएको छ । मानवसेवा आश्रमका अनुसार चार करोड ८३ लाख रूपैयाँ बराबरको दान संकलन भएको हो ।
महायज्ञको अन्तिम दिन बुधबार ४७ लाख रूपैयाँ संकलन भएको छ । धनगढी शाखाको भवन निर्माण गर्न एक सातासम्म महायज्ञ चलेको थियो ।
मानवसेवा आश्रमले धनगढी शाखा ०७५ साल मंसिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ । शाखाले हालसम्म तीन सय ८८ जना बेसहारा, असहाय,अभिभावकविहीन र जीवन नै जोखिममा रहेका सडक मानवहरुको उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।
प्रतिक्रिया